.

चन्द्रमासअनुसार आजदेखि र सौरमासअनुसार अर्काे हप्तादेखि साउने सोमवारको व्रत

विराटनगर ,२४ असार ।चन्द्रमास अनुसार आजदेखि साउने सोमवारको व्रत शुरु भएको छ । तर सौरमासअनुसार भने अर्काे हप्तादेखि मात्रै साउने सोमवारको व्रत शुरु हुन्छ । केहीले चन्द्रमास अनुसार र धेरैले सौरमासअनुसार साउने सोमवारको व्रत बस्ने गरेका छन् ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया