विराटनगर,१० असार । आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाको १२ औँ अधिवेशनमा उप– प्रमुख शिल्पा निराला कार्कीले आइतबार आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्। । गत वर्षको तुलनामा महानगरले बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्होर्ने स्रोतमध्ये संघीय सरकार मार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ रु १० करोड, अन्य संघसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरिएको छ ।
व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ रु। ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरीय आयोजनाका लागि ३८ करोड, नगर स्तरीय आयोजनाका लागि रु २० करोड, बहु वर्षीय तथा गौरवका आयोजना एवं क्रमगत योजनाको भुक्तानीका लागि ६५ करोड, (च्ग्म्ए) बाट निर्माण भएका लगायतका पिच सडकहरू समेत गरी मर्मत सम्भार १० करोड, सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र २ करोड ६५ लाख र समपूरक कोषका लागि २ करोड रुपैयाँ महानगरपालिकाले विनियोजन गरेको छ ।