.

ओखलढुंगामा लुटपाटपछि वृद्ध दम्पतीको हत्या

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ ।भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष बलराम कटवालका अनुसार, दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा चोरी र लुटपाट गरी उनीहरूको हत्या गरिएको पाइएको छ ।

ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी मदन केसीले घटनास्थलमा प्रहरी पुगेको बताए । उनी स्वयं पनि घटनास्थलमा जाँदै छन् । घटनाले स्थानीय बासिन्दामा सुरक्षा चुनौतीको प्रश्न उठाएको छ ।

घटना कसले गराएको हो भनेर प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।

१ महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको हत्या भएको थियो । सो घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया