विराटनगर , २९ असार । । मोरङ र सुनसरीका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ । सुनसरीको इटहरि र मोरङका लेटाङ र हरैँचा आसपासका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।विभागले शुक्रबार बिहान सूचना जारी गरी उल्लिखित स्थानमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको जानकारी दिएको हो। विभागले म्यासेज समेत गरेर सतर्क हुन अनुरोध गरेको छ ।
यसैगरि
अविरल वर्षासँगै विराटनगरको क्षेत्र जलमग्न बनेको छ ।राति देखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्र जलमग्न बनेका छन् ।विराटनगर महानगरपालिका वडा नम्बर १ को गंगाटोल र विराटनगर –२ को सुकुम्वासी टोलका स्थानीयले घर छाड्न थालेका छन् ।सिंघीय खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने सयौँ परिवार हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएका छन् ।अविरल वर्षाका कारण विराटनगरको एकीकृत भन्सार जाँच चौकी आईसिपी० उत्तरको क्षेत्रसमेत जलमग्न भएको छ ।