.

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्ने सभामुख देवराज घिमिरेको भनाइ

lj/f6gu/ , !^ c;f/ . सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने र सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनु भयो ।

उहाँले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताउनुभयो ।उहाँले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले सभामुखको भुमिका प्रभावकारी बनाउन र संसदलार्य प्रभावकारी रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्वपूर्ण भुमिका खेल्नेकुरामा बढी ध्यान दिने बताउनुभयो ।

यसैबिच..........

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षाैंवर्षसम्म नआउने लगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले विधेयकहरु बारम्बार शुन्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहको ढिलासुस्तीमा दबाब दिनसके विधेयकहरु समयमा नै आउने बताउनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया