.

पूर्वसांसद गौतमद्वारा संखुवासभामा बाढीपहिरोले पुर्याएको क्षतिको निरिक्षण

विराटनगर,१३ असार । बाढीपहिरोबाट पीडित बनेका र क्षति पुगेको स्थानको अवस्था बुझ्न सांसदसहितको टोली संखुवासभा पुगेको छ । संखुवासभाबाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य तथा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको नेतृत्वमा अनुगमन गरिएको हो ।

संखुवासभाबाट निर्वाचित प्रदेशसभा सदस्य बिदुर सुब्बा, पूर्व प्रदेश सांसदहरु तुसली न्यौपाने, जीवन घिमिरे लगायतका नेताहरु बाढी पहिरो प्रभावित क्षेत्रमा छन् ।

आज बिहान चैनपुर नगरपालिका वडा नम्बर १ को नुनढाकी, विहिवारे पुल, र मानवीय क्षतिको अध्ययन गर्दै उनीहरुले तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

एमाले नेता गौतमले प्रदेश र केन्द्र सरकारले बाढी पीडितप्रति ध्यान नदिएको गुनासो गरे । बाढीपहिरोबाट चैनपुर नगरपालिकामा आठ परिवार पूर्णरुपमा घर विहिन भएका छन् ।

बाढीबाट संखुवासभामा ठुलो क्षेती भएको र सरकारलाई पुर्व तयारीका लागि पटक गराएको गौतमले बताए । बाढी र पहिरोले पुर्याएको सबै क्षतीको निरिक्षण पश्चात गौतमले आफुले यस बारेमा संघीय सरकार र प्रदेश सरकारसँग कुरा गर्ने र पीडितहरुलाई राहत र पुनस्थापनाकोलागि सहयोग गर्ने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया