.

कक्षा १२ को नतिजा साउन अन्तिममा आउने

साउन ३ गते । यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

डा। शर्माका अनुसार परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका छन् ।

जसमा ५६ हजारभन्दा बढी परीक्षार्थीले कम नम्बर आएको विषयमा ग्रेड वृद्धि गर्न परीक्षा दिएका थिए ।  परीक्षा ७७ वटै जिल्लाका एक हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया