.

शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा, शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप

विराटनगर, २५ भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक शिक्षिकामाथि मुद्दा दायर गरेको छ। अख्तियारले कन्यादेवी आधारभूत विद्यालय,विदुर नगरपालिका(१३ नुवाकोटका प्रावि तहका शिक्षिका मञ्जु कुमारी थापा ९ओझा० विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

थापाले  जागिर खाँदा पेश गरेको शैक्षिक प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएको अख्तयारले जनाएको छ।

उनले नुवाकोटमा प्रावि तहको अस्थायी शिक्षक हुँदै  स्थायी दरबन्दीमा नियुक्त हुँदा भारतको विहार संस्कृत शिक्षा बोर्डबाट मध्यम तहको परीक्षा उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ र सुविधा लिएको पुष्टि भएको अख्तियारको ठहर छ।


थापाविरुद्ध भारतबाट एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र ल्याइ सरकारी विद्यालयमा पढाइरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा छानबिन हुँदा थापाले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको अनु्सन्धानबाट खुल्न आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।


अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया