.

बालबालिकालाई दुव्र्यसनीबाट जोगाउन सशस्त्र प्रहरीको अभियान

सीमा क्षेत्रका बालबालिकाहरूलाई लागूऔषध दुव्र्यसनीबाट जोगाउँदै जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ सुनसरीमा सचेतना अभियान सुरु गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमावर्ती क्षेत्र लौकहीको राष्ट्रिय माविबाट यो कार्यक्रमको सुरुवात गरेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रहरी उपरीक्षक निर्मल थापाले दिएको जानकारीअनुसार आइतबार लौकही छोटी भन्सारसँग जोडिएको राष्ट्रिय माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सचेतनामूलक कक्षाको आयोजना गरिएको थियो ।

पछिल्लो समय लागूऔषध सेवनकर्ताको केन्द्रबिन्दु बन्दै गएको सुनसरीको लौकही नाकालाई मध्यनजर गर्दै सीमाक्षेत्र नजिकको विद्यालयमा सशस्त्र प्रहरीले सचेतना कक्षा सञ्चालन गरेको थापाले बताए ।


सीमा क्षेत्रबाट हुने चोरी, तस्करीसँगै लागूऔषध कारोबार र दुव्र्यसनीमा युवा वर्ग नफसोस् भन्ने मुख्य उद्देश्यले सीमानाका नजिकको विद्यालय केन्द्रित यो कार्यक्रमलाई जिल्लाका अन्य विद्यालयहरूमा पनि विस्तार गरिने कार्यक्रम छ । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीमा हाल ९ वटा बीओपी र २ प्रस्तावित सीमा सुरक्षा गुल्म छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया