.

६९ जिल्लामा देखियो डेंगी, काठमाडौं र झापा ‘रेड जोन’मा

विराटनगर , २५ जेठ ।सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा डेंगी संक्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यही जुन ५ सम्म ६९ जिल्लामा डेंगी पुष्टि भइ एक हजार १०५ जनामा संक्रमण देखिएको जनाएको छ ।संक्रमितमध्ये सबैभन्दा धेरै ३४.८ प्रतिशत वाग्मती र २३.९ प्रतिशत कोसी प्रदेशका छन् ।
ईडीसीडीका अनुसार, काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा काठमाडौंमा ११२, झापामा १०९, चितवनमा ७३, मकवानुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ ।
यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगी रेडर्क नभएको ईडीसीडीले जनाएको छ ।सन् २०२३ मा नेपालमा ५२ हजार ७०० जनामा डेंगी पुष्टि भएको थियो ।
डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया