१४ भदौबाट एमसीसी कार्यान्वयन सुरु हुने, पाँच वर्षमा नसके अनुदान फिर्ता
३२ साउन २०८०, बिहिवार
0
प्रतिक्रिया
विराटनगर ,३२ साउन,। बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसीसीको कार्यान्वयन १४ भदौदेखि हुने भएको छ ।
पाँच वर्षमा सम्पन्न हुनैपर्ने बाध्यकारी एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्त २०२३ अर्थात आगामी १४ भदौबाट सुरु हुने इन्ट्री इन्टु फोर्स० समझदारी भएको उच्च सरकारी स्रोतले बतायो ।
एमसीसीको मुख्यालयबाट यो परियोजना अब अघि बढाउँदा हुन्छ भन्ने सकारात्मक सन्देश प्राप्त भएकाले लागू हुने मिति घोषणा गर्ने तर्फ सरकार लागेको हो । एमसीसीको पूर्वतयारीमा आयोजना कार्यान्वयन हुने स्थानमा साइट क्लियर भइसक्नुपर्ने तथा ठेक्का सम्झौता पनि भइसक्नुपर्ने उल्लेख छ ।
आयोजनाहरुको ठेक्काको प्रक्रिया शुरु भइसकेको छ तर हालसम्म पनि जग्गा अधिग्रहण भने हुन सकेको छैन ।
सम्झौताको धारा ७ मा आवश्यक आन्तरिक शर्तहरू पूरा गर्न सरकारले समयमै शुरुवात गर्ने उल्लेख भएकाले यी दुई काम बाँकी रहेकै आधारमा ‘इन्ट्री इन्टु फोर्स’मा जान नरोकिने ती उच्च सरकारी अधिकारीले बताए ।