विराटनगर , ७ असोज । कञ्चनपुरको बेलौरीस्थित एक मेडिकल सञ्चालकलाई अबैध औधषि विक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका–९ कुण्डा घर भई हाल लालझाडी गाउँपालिका वडा नम्बर(६ चान्देवका ४३ वर्षीय सुनिराम चौधरीले सञ्चालन गरेको जनता मेडिकल हलबाट प्रहरीले अवैध औषधीहरू बरामद गरेको हो।
सुनिरामले सञ्चालन गरेको मेडिकल हलमा अवैध औषधीसहित सुनिरामलाई थप आवश्यक कारबाहीको लागि औषधी विभाग व्यवस्था शाखा कार्यालय नेपालगन्ज बाँकेमा पठाएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक प्रकाश दत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा विभिन्न अवैध औषधी फेला पारेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?