.

पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज

विरानगर  ,  ७ भदौ । पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे श्रीलङ्कामा शुरु हुनेछ ।

पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई एक सय ४२ रनले हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ । तीन खेलको शृङ्खला जोगाइराख्न अफगानिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ।

दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शनिवार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया