.

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा आज नेपालले इटलीको सामना गर्दै

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीको दोस्रो खेलमा नेपालले आइतबार इटलीको सामना गर्ने भएको छ।

खेल अफ्रिकी मुलुक रुवाण्डाको किगालीमा रहेको गहंगा क्रिकेट ओभलमा नेपाली समय अनसार आइतबार साँझ पौने ५ बजेदेख शुरु हुने भएको हो । नेपाल र इटालीको महिला टोली एकअर्काविरुद्ध पहिलो पटक भिड्न लागेका हुन् । जारी प्रतियोगितामा दुबै टोलीको यो दोस्रो खेल हो । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई अमेरिकाले ४४ रनले हराएको थियो भने इटलीले घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल र इटलीसँगै रुवाण्डा, भानुआटु र अमेरिका सहभागी छन् । एसोसिएट देशहरुमा महिला क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सुरुवात गरेको प्रतियोगिताको यो पहिलो संस्करण हो । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया