.

अम्पायरको विषयमा विवादित अभिव्यक्ति दिएपछि करण केसीलाई खेलमा प्रतिबन्ध र जरिवाना

नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् ।

यसै विषयमा अम्पायर तथा स्कोर संघले यस विषयमा गम्भिर आपति र विज्ञप्ती जारी गर्दै करणको उक्त कार्यको भत्सर्ना गरेको थियो । यसै विषयलाई आधार मान्दै नेपाल क्रिकेट संघ (क्यान) ले करणलाई एक खेलमा प्रतिबन्ध र एक खेलको शतप्रतिशत म्याच शुल्य जरिवाना गर्ने निर्णय गरेको हो ।

करणको अभिव्यक्ति खेल भावना अनुरुप नभएको भन्दै क्यानले करणलाई कारबाही गरेको हो । 

यद्यपी करण केसीले आइतबार बिहानै आफ्नो त्यो अभिव्यक्ति मजाकस्वरुप रहेको भन्दै एक स्टाटस मार्फत माफि समेत मागी सकेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया