.

विराट गोल्डकप : चर्च ब्वाईज र एपीएफ खेल्दै

विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगिताको आइतबार (आज) काठमाडौंको चर्च ब्वाईज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुँदैछ ।

आइतबार साँझ ६ बजेबाट दुवै टोलबीच खेल हुने आयोजकले जनाएको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको उज्यालोसँगै फुटबलको महाकुम्भ ‘विराट गोल्डकप’ को ३८ औँ संस्करण शनिबारदेखि भव्य रूपमा सुरु भएको छ ।

यसअघि हिजो शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरमा पराजित गर्दै झापा–११ ले सेमिफाइनलको यात्रा तय गरेको छ ।यो जितसँगै झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया