.

एसियाकप २०२३ को तालिका सार्वजनिक

विराटनगर ,४ साउन ।पाकिस्तान र श्रीलंकामा हुने एसियाकप २०२३ को तालिका सार्वजनिक भएको छ । अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने प्रतियोगिताको तालिका बुधबार सार्वजनिक भएको हो । उद्घाटन खेलमा आयोजक पाकिस्तान र नेपाल भिड्ने भएका छन् । यो खेल पाकिस्तानको मुल्तानमा हुने छ ।

५० ओभरको हुने खेलमा ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा आयोजक पाकिस्तान र भारत रहेका छन् ।

समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन्। एसियाकपको यो संस्करण पाकिस्तानले आयोजना गर्ने भएपनि भारत पाकिस्तानमा खेल्न नजाने भएका कारण चार खेल मात्रै पाकिस्तानमा हुने भएका छन् । बाँकी खेल श्रीलंकामा हुने भएको छ ।

नेपालले अगष्ट ३० ९भदौ १३० मा पाकिस्तानको सामना गरेपछि सेप्टेम्बर ४ ९भदौ १८० मा भारतसँग खेल्ने छ । भारतसँगको खेल भने श्रीलंकामा हुने छ। भारतले कुनै पनि खेल पाकिस्तानमा खेल्ने छैन ।

नेपाल र पाकिस्तान, बंगलादेश र अफगानिस्तान, अफगानिस्तान र श्रीलंका तथा सुपर फोरमा सेप्टेम्बर ६ मा हुने खेल पाकिस्तानको लाहोरमा हुनेछ। तर यो समूहमा भारत हुने छैन। बाँकी सुफर फोरपछिका सबै खेल श्रीलंकाको कोलम्बोमा हुनेछन् । नेपाल रहेकै समूह ए का भारत र पाकिस्तान सेप्टेम्बर २ मा आमनेसामने हुनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया