गएको मंसिर १ गते सोमवारदेखि शुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका २८ वटा खेलमध्ये अहिलेसम्म आठ वटा खेल सकिएका छन् ।
पहिलो पटक ‘फ्लडलाइट’ र स्थायी प्यारापिटमा एनपीएलका खेल भइरहेका छन् । काठमाण्डौको कीर्तिपुरमा रहको त्रिवि क्रिकेट रङ्गशालामा एनपीएलका आठ वटै टोलीले कम्तिमा एउटा खेल खेलेका छन् ।
। एनपीएलमा आज आइतवार खेल हुनेछैन । एनपीएलमा भोलि दुई वटा खेल हुँदैछन् ।
भोलि हुने पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच तथा दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।
दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।