.

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न आज यूएई र हङकङ खेल्दै

 कात्तिक ८ ।  त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज यूएई र हङकङ खेल्दैछन् । खेल मूलपानी क्रिकेट मैदानमा दिउँसो एक बजे शुरु भएको छ  ।


नेपाल, यूएई र हङकङ सहभागी शृङ्खलामा चार खेल जितेर नेपाल फाइनलमा पुगिसकेको छ । नेपालको आठ अङ्क छ ।

एक खेल जितेको यूएई दुई अङ्कसहित दोस्रो स्थानमा छ । हङकङ अङ्कविहीन छ । आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ । आजको खेलमा जितसहित रनरेटमा यूएईलाई पछि पार्न सके मात्रै हङकङ फाइनलमा पुग्नेछ ।


फाइनल खेल पर्सि शुक्रवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया