विराटनगर , १ कात्तिक ।इलाममा हुन लागेको सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप सातौं संस्करणको तयारी सुरु गरिएको छ ।
आगामी फागुन २४ गतेदेखि सुरु हुने गोल्डकप सम्पन्न गर्न उपसमिति गठन गरिएको छ । माइभ्याली फुटबल क्लबको आयोजनामा हुने गोल्डकप तयारी सुरु गरिएको आयोजकले जनाएको छ ।
यस संस्करणमा नेपालका ८ र विदेशका २ गरी १० वटा टिमलाई आमन्त्रण गरिने माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले जानकारी दिनुभयो । गोल्डकपमा नेपालका ए डिभिजन क्लबका तीनवटा बिभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरीको ९एपीएफ० क्लब तथा मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, मचिन्र्श क्लबलाई आमन्त्रण गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै मोफसलमा तहल्का मच्चाउँदै आएको तथा ए डिभिजन लिग समेत खेलिसकेको झापा ११ र आयोजक माइभ्याली फुटबल क्लबले प्रतिष्पर्धा गर्नेछन । विदेशी दुई टिम भारत र बंगलादेशका क्लबलाई निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।
यस संस्कणको विजेताले नगद १० लाख र उपबिजेताले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न आयोजकले ८८ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?