विराटनगर , ३० असोज।फिफा विश्वकप फुटबल छनोटअन्तर्गतको पहिलो चरणको दोस्रो लेगमा नेपालले आज लाओसको सामना गर्दा नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टलाई कीर्तिमान बनाउने अवसर हुनेछ ।
नेपाल र घरेलु टोली लाओसबीचको दोस्रो लेग भियनतियनेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ ५स्४५ बजेबाट सुरु हुने खेलमा अन्जनले गोल गर्न सकेको खण्डमा उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।
यसअघि नेपालमा भएको पहिलो लेगमा दुवै टोलीले एक(एक बराबरी खेल्दा अन्जनले नै नेपालका लागि गोल फर्काएका थिए । त्यससँगै उनी नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेगमा अन्जनले राष्ट्रिय टिमका लागि व्यक्तिगत १३ औँ गोल गरेका थिए । त्यससँगै अन्जनले यसअघि निराजन रायमाझी र हरि खड्काले राष्ट्रिय टिमका लागि गरेको समान १३ गोलको कीर्तिमान रेकर्डसँग बराबरी थिए ।
आजको खेलमा कम्तिमा पनि एक गोल गर्न सके अन्जन नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?