.

नेपाल पहिले बलिङ गर्दै

विराटनगर,७ असार ।आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्दैछ । जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर नेपालले पहिले बलिङको निर्णय लिएको हो ।

नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दैछ । नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ । तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ ।

पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।

नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ । पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया