.

भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

विराटनगर ,१८ भदौ । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो  सुरुवात गरेको छ ।


टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९।५ ओभरमा पहिलो विकेट गुमाएको छ ।


कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९।५ ओभरको खेल सकिंदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया