.

बर्दियामा घाँस काट्दै गरेकी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

विराटनगर , १ भदौ । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा घाँस काट्दै गरेकी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सानोडाँफेका ५० वर्षीय कृपाल सुनार बिहीवार हिजो ४० वर्षीया श्रीमती केशकुमारी विकको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । 

घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेका बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया