विराटनगर , ३१ साउन । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार महानगरको समन्वयमा सरोकारवाला सहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारी सहायक र भित्री सडकमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको हो ।
अबदेखि ढुवानीका साधनले सम्बन्धित ठाउँ र पार्किङस्थलमा मात्रै लोड अनलोड गर्नुपर्नेछ । बैठकले मुख्य बजार क्षेत्रभित्र निर्माण सामग्री तथा ढुवानीका सामग्री बोकेका ६ चक्केसम्मका मालबाहक सवारी साधनलाई रात्रिकालीन समयमा मात्रै प्रवेश गर्न दिने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?