.

सिरहामा अनुदानको मलमा व्यापक कालोबजारी, ६७ बोरा अवैध मल बरामद

विराटनगर,२४ साउन । सिरहामा सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ ।  स्थानीय नगरपालिका तथा गाउँपालिकाहरुले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरुपमा उपलब्ध गराउन सिफारिस गरिएका  कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल विक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरुको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो ।  कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहानको कर्मचारीहरुकै मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ  े। सिरहामा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल कालोबजारी गरी बिक्रीवितरण गर्ने एक एग्रोभेट पसलमा सोमबार इलाका प्रहरी कार्यालयले सिल गरेको छ । उपभोक्ताको गुनासो आउनेबित्तिकै जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार ४ स्थितको ममता एग्रोभेटको गोदाममा छापा मार्दा ६७ बोरा अवैध मल भेटिएपछि उक्त मलसहित गोदामलाई सिल गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशन र स्थानीय किसानले महंगो मूल्यमा मल बेचविखन गरेको गुनासो गरेपछि प्रहरीले ५६ बोरा डिएपी र ११ बोरा युरिया मल बरामद गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
स्थानीयको जनगुनासोपछि ममता एग्रोभेटको गोदाम खानतलास गर्दा अवैधरुपमा मल ल्याई विक्रीवितरण गरिरहेको फेला परेपछि गोदाम सिल गरेको प्रमुख जिल्ला अधिबारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । उनका अनुसार एग्रोभेटका सञ्चालक महेन्द्र यादवलाई आवश्यक कागजातसहित जिल्लामा बोलाइएको र कागजात हेरेर उतm मल अवैध ठहर भएमा कानुन प्रक्रिया अगाडि बढाइनेछ ।  अहिले प्रतिकेजी २० रुपैयाँमा बिक्ने युरिया ३५ देखि ४० रुपैयाँ सम्म र ४८ रुपैयाँ प्रतिकेजी पाइने डिएपी ७० रुपैयाँभन्दा बढीमूल्यमा एग्रोभेट व्यवसायीहरुले बेच्ने गरेको किसानहरु बताउँछन्। । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया