.

तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

विराटनगर, १७ साउन ।  तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ का श्रीप्रसाद आले श्रीमतीकोे हत्या आरोपमा पक्राउ परेका छन् ।

५६ वर्षीय आलेले ४७ वर्षकी श्रीमती गीता आलेलाई भरुवा बन्दुकले हानेर हत्या गरेका प्रहरीले जनाएको छ ।

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र गीताको दमौली अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।


श्रीप्रसाद गएराति नै पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया