विराटनगर , १६ साउन । बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् ।
बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० जयकिशुन कुर्मीले जानकारी गराउनुभयो ।
स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक वरिष्ठ सई पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक असई बलराम गिरी घाइते भएका छन् ।
प्रहरीले लामाको घरबाटै भरुवा बन्दुक, बन्दुकको छर्रा, बारुद, जङ्गली जनावरको दाँतसहितका सामान बरामद गरेर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।