.

पोखरीमा डुबेर सप्तरीमा २ जना बालिकाको ज्यान गयो

 विराटनगर ,१५ साउन ।  पोखरीमा डुबेर सप्तरीमा आज सोमवार दुई जना बालिकाको ज्यान गएको छ । 

पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर दुवै बालिकाको ज्यान गएको हो ।

घटना स्थल सुरक्षित राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया