.

राष्ट्रिय भक्का दिवस मनाइँदै

देशभर आज (मंगलबार) राष्ट्रिय भक्का दिवस मनाइँदै छ ।

भक्का राजवंशी समुदायको मौलिक पहिचानसँग जोडिएको परम्परागत परिकार हो । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्।

यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ। पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न समुदायले भाक्कालाई रुचाउन थालेपछि यसको पहिचान र संरक्षणका लागि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो।

भाक्काको मौलिकता, पोषणीय गुण र सांस्कृतिक पहिचानलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व स्थापित गर्नुपर्ने आवश्यकता रहेको छ । भाक्का एउटा परिकार मात्र नभई राजवंशी समुदायको इतिहास, जीवनशैली र संस्कृतिको प्रतिनिधि हो ।

सलाई जोगाएर नयाँ पुस्तासम्म पुर्याउनु आजको आवश्यकता बनेको सरोकारवाला बताउँछन् । ।राष्ट्रिय भाक्का दिवसले स्थानीय खानाको सम्मान, आदिवासी समुदायको पहिचान र नेपाली खाद्य संस्कृतिको विविधतालाई उजागर गर्ने अवसर दिएको छ ।

भाक्काजस्तै अन्य परम्परागत परिकारको संरक्षण र प्रवर्धन गर्न यस्ता दिवसहरूले दीर्घकालीन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया