.

मोरङको क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल विजयी

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल नै विजयी भएको छ । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए ।  उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भए ।

आइतबार सार्वजनिक मतपरिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खुला तर्फ ढकाल सर्वाधिक १,५२७ मत पाएका छन् ।

उनकै प्यानलका उम्मेदवार पितकुमार श्रेष्ठले १,२८९, रमेशकुमार पोखरेलले १,२८६ र सत्यनारायण चौधरीले १,२७६ मत प्राप्त गरी विजय हासिल गरेका छन् । युवा तर्फ ढकाल समूहबाट सन्तोष घिमिरे निर्वाचित भए ।

 ढकाल वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्यानलमा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया