.

भूमिहीन दलितलाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने

सरकारले देशभरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न उनीहरूको पहिचान तथा लगत सङ्कलन शुरू गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार पालिकासँग समन्वय गरी एकद्वार प्रणालीमार्फत लगत तयार गरिँदैछ ।

मन्त्रालयले सिफारिस प्रक्रियामा पालिकालाई मापदण्डको अध्ययन र पालनामा प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ । सुकुम्बासी व्यवस्थापन राज्यको दायित्व भएको बताउँदै सरकारले व्यवस्थापनको क्रममा ‘भूमिहीन दलित’ लाई प्राथमिकता दिने जनाएको छ ।

लामो समयदेखि बसोबास गरिरहेका यस्ता परिवारलाई व्यवस्थित गर्दा सरकारले महत्त्वपूर्ण राजस्व प्राप्त गर्ने अपेक्षा गरिएको छ । तर जंगल वा सार्वजनिक ठाउँ अतिक्रमण गरेर बनेका बस्तीलाई भने व्यवस्था नदिने नीति अपनाइने मन्त्रालयले स्पष्ट पारेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया