‘जेन–जी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र तोडफोडका कारण क्षति पुगेको सर्वोच्च अदालतका सम्पूर्ण न्यायिक सेवाहरू मंसिर १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन्।
सर्वोच्च अदालतले सूचना जारी गर्दै मंसिर १ गतेदेखि सबै खालका मुद्दाको नियमित सुनुवाइ हुने जानकारी दिएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, २० गते बसेको फुलकोर्टले मंसिर १ गतेदेखि मुद्दा, पुनरावेदनपत्र, दोहोरÞ्याइपाऊँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको छ।