विराटनगर ,३ साउन । सुनसरीको इटहरीमा सिटी सफारीको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।मंगलबार दिउँसो इटहरी ९ मा रहेको साथी पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा स्कुटरमा सवार इनरुवा नगरपालिका ७ की अन्दाजी २४ वर्षीया सञ्जु चौधरीको मृत्यु भएको हो । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार खनारबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००३ ह ५५७७ नम्बरको सिटीसफारीले बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०२–०४२ प २८ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ दुर्घटना भएको होे ।दुर्घटनामा परी गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, उनको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै स्कुटर चालक सु्नसरीको रामधुनी नगरपालिका ५ बस्ने ३२ वर्षीया लक्ष्मी राई घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सिटी सफारी चालक इटहरी ४ बस्ने ५१ वर्षीय टंकबहादुर रानामगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।