मोरङको पथरीशनिश्चरेका एक जना पुरुष बुधबार अपरान्ह आफ्नै घरपछाडि मृत फेला परेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–५ बगरटोलका ५१ वर्षीय चन्द्रबहादुर माझी घर पछाडि घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । स्थानीयले मृत फेला पारेर अपरान्ह १२ः१० बजेतिर प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर भीमराज राई नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । माझीको मृत्युको कारण खुल्न बाँकी छ ।