सुनसरीको झुम्का कारागारबाट भागेका दुईजना कैदीबन्दी झापामा पक्राउ परेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका मेचीनगर नगरपालिका–६ का ५२ वर्षीय मदन पोखरेल र सोही ठाउँका ५८ वर्षीय उत्तम ठकुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाका र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान १० बजे उनीहरूलाई घरबाटै पक्राउ गरेको हो ।
उनीहरूलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइसकेको डीएसपी खडकाले जानकारी दिए ।