.

बंगलादेशी र रोहिङ्ग्या छिर्न सक्ने भन्दै झापामा उच्च सतर्कता, काँकडभिट्टामा ३७ बंगलादेशी पक्राउ

बंगलादेशको पछिल्लो राजनीतिक द्वन्द्व र भारतको एसआईआरका कारण बंगलादेशीहरु नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा काँकडभिट्टा–पानीटंकी नाकासहित आसपासका क्षेत्रलाई सुरक्षित ठानेर नेपाल छिर्न थालेका छन्। 

भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) सुरु गरेपछि त्यहाँ वर्षौँदेखि अवैध प्रक्रियाबाट आधार कार्ड, पेन कार्ड र मतदाता परिचयपत्रसमेत बनाएर बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिकले एसआईआर जाँचमा पुरानो कागजात देखाउन नसक्ने डरका कारण अहिले धमाधम भारत छाडडने क्रम बडदा केही गाउँ नै खाली भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

एसआइआरले पश्चिम बंगालमा मात्रै १० लाख नागरिकको मतदाता परिचयपत्र खारेज हुन सक्ने अनुमान भारतको निर्वाचन आयोगले गरेको छ। विशेष गरी झापा जिल्ला पश्चिम बंगालसँग पनि जोडिएको कारण सीमा नाका उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका एसपी तुलबहादुर भण्डारीले जानकारी दिए। 

यसैक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले १० महिनाको अवधिका ३७ जना बंगलादेशी नागरिकलाई पक्राउ गर्न सफल भएको छ। खुला सीमाका कारण नेपाल प्रवेश गर्न सक्ने प्रबल सम्भावना बढेको सीमा विज्ञहरू बताउँछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया