.

खाँदबारी जाँदै गरेको माइक्रो धनकुटामा दुर्घटना ः वृद्धा महिलाको मृत्यु, १६ जना घाइते

काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस आज शुक्रबार बिहान धनकुटामा दुर्घटना हुँदा संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको मृत्यु भएको छ भने दुर्घटनामा परेर १६ जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रीबास नगरपालिका–५ भैंसेमा बिहान ६ः१० बजेतिर बा ४ ख ५२०२ नम्बरको सप्तकोशी हायस माइक्रो बस आफैं अनियन्त्रित भएर सडकबाट करिब ७० मिटर तल खसेको धनकुटा प्रहरी प्रमुख एसपी सरत थापा क्षेत्रीले बताए ।

गम्भीर घाइते भएकी सावित्री कालाखेती लाई उद्धार गरेर उपचारका लागि धनकुटा अस्पताल लगिएको र उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् । घाइतेमध्ये सुजता गिरी नेपाल प्रहरीको जवान हुन् ।

घाइतेहरुको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको एसपी थापाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया