.

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापाको झापा गाउँपालिका–६, शरणामतीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय सुनिल सोरेनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्र्याक्टर घरबाट निकाल्ने क्रममा दुर्घटना भएको  थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सोरेनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो । बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया