.

झापाको दमकमा गोली चल्दा एकजना विद्यार्थी घाइते

विराटनगर ,२१ बैशाख ।  झापाको दमकमा गोली चल्दा एकजना छात्रा घाईते भएकी छिन् ।

शुक्रबार दिउँसो गोली चल्दा एकजना छात्रा घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक छात्रा घाईते भएकी हुन् ।

गोली हानेर फरार भएका युवकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । घाईते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भईरहेको छ । गोली हान्ने व्यक्ति फरार रहेको र प्रहरीले खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया