.

बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

विराटनगर , ५ चैत्र । स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ ।स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको हो ।बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन,  २०० शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन  नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी  सेवा दिनुपर्नेछ ।
सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया