विराटनगर ,१८ असोज । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० मा आवेदन बन्द गरेको छ ।
१४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा उद्योग प्रभावित दाङ र रोल्पाका स्थानीयले नकिनेको सेयर समेत थप गरी सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो ।
कम्पनीको आईपीओमा १७ असोजसम्म मात्रै आवेदन दिने म्याद भए पनि १६ असोज साँझसम्म करिब ८५ लाख कित्ता सेयरको लागि मात्रै आवेदन परेपछि १७ असोजमा सूचना प्रकाशित गर्दै २८ असोजसम्म म्याद थप गरेको थियो ।
क्गशगपष् म्बकजबष्ल इााभच
तर, १७ असोज साँझसम्म मागभन्दा बढी आवेदन परेपछि कम्पनीले १८ असोज बिहीबार ५ बजेपछि आईपीओमा आवेदन बन्द गर्ने सूचना प्रकाशित गरेको छ ।
बिहीबार बिहान १० बजेसम्म कम्पनीको आईपीओमा १० लाख ३४ हजार २५३ जना आवेदकले १ करोड ३८ लाख २७ हजार ७५० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?