स्पेनको बार्सिलोनामा ठूलो वर्षा हुँदा रेल सेवा अवरुद्ध भएको छ । स्पेनको पूर्वी भागमा गएको हप्ता आएको बाढीामा परेर भ्यालेन्सिया नजिक दुई सय जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो । त्यसपछि पनि निरन्तर आइरहेको पानी र आँधीका कारण बार्सिलोनामा रेल सेवा अवरुद्ध भएको हो ।
स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाको ८० लाख जनसङ्ख्या भएको क्षेत्रमा सबै यात्रुवाहक रेल सेवा स्थगित गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।