.

अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ आँधीको प्रभाव : १० लाख बढी मानिस सुरक्षित ठाउँमा सर्दै

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण झन्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ । फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको हो । आँधीले बिजुली आपूर्तीमा समस्या भएको छ ।


‘मिल्टन’ आँधी शत्तिशाली रहेको हुँदा यसले ठूलो बाढी र तीब्ररुपमा हावा ल्याउन सक्ने आँकलन गरिएको बीबीसीले जनाएको छ । यो आँधी सय वर्षयताकै खराब हुने अमेरिकाको मौसम विभागले चेतावनी दिएको छ ।


मिल्टन आँधी फ्लोरिडा आइपुग्नुअघि नै ६७ मध्ये ५१ वटा काउन्टीमा आपत्कालीन चेतावनी दिइएको र ती क्षेत्र धेरैजसो खाली भइसकेका खबरमा उल्लेख छ । फ्लोरिडामा दुई हप्ताअघि मात्रै पनि ‘हेलेन’ नामको अर्को आँधीले क्षति गरेको थियो । हेलेन आँधीले अमेरिकाका छ वटा राज्यमा गरेर कम्तीमा दुई सय २५ जनाले ज्यान गुमाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया