.

ब्राजिलमा बाढीका कारण ३० जनाभन्दा धेरैको ज्यान गयो, ६० जना बेपत्ता

 विराटनगर ,२१ बैशाख । ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ ।

रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बाढीका कारण १५ हजार बासिन्दा विस्थापित भएका तथा राज्यका कम्तीमा पाँच लाख जना मानिस स्वच्छ पानी र बिजुलीको प्रयोगबाट वञ्चित बनेका खबरमा उल्लेख छ । भत्किएको बाँध कोटिपोरा नगरपालिका र बेन्टो गोनकेल्भ्स शहरको बीचमा रहेको छ ।

यसैबीच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रमा केन्द्र सरकारबाट सहयोगको वाचा पनि गर्नुभएको छ । नागरिक रक्षा बुलेटिनले बाढीका कारण एक सय ५४ वटा शहर प्रभावित बनेका खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया