.

विश्व कप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दै

 विराटनगर , १४ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजे कोलकाताको इडेन गार्डेनमा हुनेछ।


६ वटा खेल खेलेकोमा दुई वटामा मात्रै विजयी भएको पाकिस्तानको चार अङ्कमात्रै रहेको छ । तालिकामा पाकिस्तान सातौँ स्थानमा छ ।


यस्तै, एक खेलमा मात्रै जित निकालेको बङ्लादेश तालिकाको नवौँ स्थानमा छ । 


आयोजक भारत ६ वटै खेल जितेर १२ अङ्ककासाथ तालिकाको पहिलो स्थानमा रहेको छ । ६ खेलमा पाँच वटामा जित र एउटामा हार बेहोरेको दक्षिण अफ्रिका १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ। 


आजको खेलसहित पाकिस्तान र बङ्लादेशले तीन खेल खेल्न बाँकी रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया