.

विश्वकप क्रिकेट स् इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट झार्यो

विराटनगर , २३ असोज । विश्वकप क्रिकेटअन्र्तगत  इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट लिएको छ।  


बंगलादेशले इग्ल्याडका सुरुवाती व्याटरर जॉनी बेयरस्टोको विकेट लिएको हो। जॉनी बेयरस्टो ५२ रन बनाएर शाकिब अल हसनबाट आउट भएका हुन । इग्ल्याण्डले पहिलो विकेट १७ दशमलब ५ ओभरमा ११५ रन बनाउँदा गुमाएको हो।


भारतको हिमान्चल प्रदेशको धर्मशाला रंगशालामा विहान १०स्४५ सुरुभएको यो खेलमा बंगलादेशले टस जितेर इग्ल्याण्डलाई पहिला व्याटिङ  गर्ने निम्तो दिएको हो ।  ताजास्थीतीमा इग्ल्याण्डले २२ ओभरमा १ विकेट गुमाएर १४० रन बनाएको छ।  


इग्ल्याण्डका डाविड मलान  ७४ रन तथा  जो रूट १२ रन बनाएर खेलिरहेका छन।  


यो विश्वकपमा यी दुवैको दोस्रो खेल हो । साविक विजेता इग्ल्याण्ड साविक उपविजेता न्युजिल्याडसंग पराजित भएको थियो। पहिलो खेलमा बंगलादेश चाहि अफगानिस्तानलाई  ६ विकेटबाट हराएको थियो।


आज ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान गरिएकाले यो खेल वर्षाले प्रभावित हुने अनुमान गरिएको छ । यस पिच वलिङको लागि उपयुक्त मानिएको छ । यस पिचमा अहिले सम्म २१० रनको उच्चतम स्कोर बनेको छ । यस मैदानमा पहिला व्याटिङ गर्ने टोलीले भन्दा दोस्रो व्याटिङ गर्नेले खेल वढि जितेको इतिहास रहेको छ।


दुवै टिम एकदिवसीय खेलमा २४ पटक भिडेका छन् । जसमा इग्ल्याण्डले १९र बंगलादेशले ५ पटक खेल जितेका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया