विराटनगर । १७औं अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार मनाउने अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएका हुन् ।
नेपाल पक्षी संरक्षण सङ्घ ९विसिएन० को अगुवाइमा २२ गतेसम्म जनचेतनामुलक कार्यक्रम गरिँदै छ । सुदुरपीश्चम प्रदेशभर गिद्ध गणना समेत गरिने नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग जस्ता महामारी फैलन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ ।
चराविद् हिरुलाल डगौराले डगौराका अनुसार गिद्ध आफैंले शिकार नगरी सिनोमा निर्भर रहने भएकाले वातावरणलाई प्रदूषित हुनबाट जोगाउँछन् । पशुहरुमा डाइक्लोफेनेक औषधिको प्रयोगले तीन दशक अघि गिद्ध लोप हुने अबस्थामा पुगेकोमा औषधिमा प्रतिबन्ध र संरक्षणका कामले सङ्ख्याका केही सुधार भएको छ ।
किसानले सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने तथा पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ । नेपालमा पाइने नौ प्रजातीका गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध ‘अति सङ्कटापन्न’ हुन् । गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा छ । राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा पाहुनाका रूपमा नेपाल आउने गर्दछन् । हिमाली गिद्ध नेपालको रैथाने हो