.

खराब मौसमका कारण हवाई सेवा प्रभावित

विराटनगर ।  निरन्तर पानी परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि हवाई उडान प्रभावित भएको छ । ठूलो वर्षाले भिजिविलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ । खराब मौसमकै कारण केही विमान अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केहीलाई डाइभर्ट गरिएको छ ।

विमानस्थलबाट बिहानै उड्नु पर्ने विमान पनि उड्न सकेका छैनन् । खराब मौसमका कारण यसअघि बिहान स्तानबुलबाट काठमाण्डौ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए । अहिले पनि उडान अवतरण प्रभावित नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया