.

घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

विराटनगर , २१ साउन ।  सल्यानमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ।

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरीको आइतबार बिहान गाउँनजिकै शव फेला परेको हो।

बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन्।

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन्।  घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगी अनुसन्धान  गरि रहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया